काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मंगलबार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।




