काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।




