काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १० हजार ४१२ पीसीआर र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना पुगेको छ । कुल संक्रमितमध्ये २१ हजार ५८४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३५० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।
उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । हाल १२६ जना क्वारेन्टाइनमा छन् । ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।




