काठमाडौं । देशभर आठ वटा जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका गरी आड जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की र कैलाली जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा ९ हजार ६१, ललितपुरमा २ हजार ३८२ र भक्तपुरमा १ हजार ३७१ जना सक्रिय संक्रमित छन् ।
यस्तै सात वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन् । यो सूचीमा झापा, धुनषा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र रुपन्देही रहेको मन्त्रालयले जनाएको छ ।




