काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ४ हजार ६३६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ८६ जना र ११ देखि २० वर्षका २६५ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका १ हजार २४२ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ९९० जना छन् । ४१ देखि ५० वर्षका ५१७, ५१ देखि ६० वर्षका ३४३ जना, ६१ देखि ७० का १५८ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ६३ जना, ८० देखि माथिका १५ जना र उमेर नखुलेका १४ जना रहेका छन् । अहिले देशभर ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




