काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६ हजार ७३४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ८७ जना र ११ देखि २० वर्षका ३७९ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका १ हजार ९९७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक १ हजार ४९५ जना छन् । ४१ देखि ५० वर्षका ८३३, ५१ देखि ६० वर्षका ५६० जना, ६१ देखि ७० का २४९ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ९५ जना, ८० देखि माथिका २८ जना र उमेर नखुलेका २४ जना रहेका छन् । अहिले देशभर १३९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




