काठमाडाैं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज सन्तान लाभ गर्ने तयारीमा रहेका छन् । आफ्नो जोडी आमाबुवा बन्न लागेको जानकारी प्रियंकाले सामाजिक सञ्जालमार्फत् दिएकी हुन् ।
पति आयुषमानसँगै आफ्नो गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै उनले आफू गर्भवती रहेको बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘तपाईं सोध्न बन्द गर्न सक्नुहुन्छ, हामी गर्भावस्थामा छौं ।’
उनले ‘हामी गर्भावस्थामा छौं’ भनेर लेखेको पोस्टमुनि पक्ष/विपक्षमा बहस भइरहेको छ । कतिले गर्भवती महिला मात्रै हुन सक्ने भन्दै बच्चा जन्मिसकेपछि मात्रै दुवैको हुने तर्क गरेका छन् । कतिपयले जोडीले नै अपनत्व लिएको भन्दै तारिफ गरिरहेका छन् ।






