काठमाडौं । सरकारले १ हप्ताभित्र संसदमा विश्वासको मत लिने महेश बस्नेतले खुलासा गरेका छन् । फुङ्लिङमा शुक्रबार आयोजित राष्ट्रिय युवासंघ नेपालको जिल्ला कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावी समेत गरेका छन् ।
प्रधानमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरिडोरले गति लिँदै गएको नेता बस्नेतले बताए । उनले कम्युनिस्ट आन्दोलन भित्रका विकृति र विसंगतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।






