जनकपुरधाम । मधेश प्रदेशसहित मुलुकको विभिन्न स्थानमा शुक्रबार नै होली पर्व मनाइए पनि मिथिला क्षेत्र (जनकपुर) मा भने आज शनिबार धुमधामका साथ होली पर्व मनाईदैछ ।

जनकपुरसहित यस क्षेत्रमा १५ दिने मध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने चलन छ । हिजो शुक्रबार परिक्रमा सम्पन्न भएपछि आज यहाँ एक दिन ढिलो होली पर्व मनाइएको हो ।

होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम आयोजना गरेका छन् । जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरीरहेका छन् । रंग अबिरको यो पर्वमा एकअपसमा रंग लगाइन्छ ।





