काठमाडौं । वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन् । नगरमा अत्याधिक गर्मी बढेको कारण बालबालिकाहरुमा पर्न सक्ने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय महानगरले गरेको हो ।
असार २९ गतेदेखि ३१ गतेसम्म सबै विद्यालयहरुको पठन पाठन बन्द गर्न उनले विज्ञप्ति मार्फत जानकारी दिएका हुन् । अहिले वीरगंज तापक्रम ३६ डिग्री सेल्सियस रहेको छ ।




