काठमाडौं । चितवनको भद्रपुरकी ओसिन आले मगर ५ महिना पहिले मात्रै एयरहोस्टेस बनेकी थिइन् । तर, एयरहोस्टेसमा नाम निकालेर काम गर्न थालेको ५ महिनामै उनको जीवनमा पूर्णविराम लागेको छ ।
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा उनको पनि ज्यान गएको छ । चालक दलका ४ सहित ७२ जना सवार विमान सेतीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । ६८ जनाको शव फेला परेको छ । अन्य केहीको खोजतलास जारी छ ।
विमानका ४ सदस्य मध्ये ओसिन पनि विमानमा सवार थिइन् । उनले सहारा एयरहोस्टेस एकेडेमीबाट कोर्स पूरा गरेकी हुन् । कोर्स पूरा गरेपछि पहिलो पटक उनी यती एयरलाइन्समा नाम निकाल्न सफल भएकी थिइन् ।




