काठमाडौं । सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘प्रेमको चिनो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरेका छन् । गीतमा डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन रहेको छ । जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त गरिएको छ ।
दिपक गिरीको छायाँकन, निरन्जन केसीको सम्पादन तथा निशान एस के ले भिडियोको निर्देशन गरेका छन् । ‘प्रेमको चिनो’ गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय रहेको छ ।






