रौतहट । रौतहटमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । चन्द्रपुर नगरपालिका वडा नं १० बालचनपुरका एक युवाले एक महिलामाथि निर्घात कुटपिट गरेका हुन् । स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ वर्षकी विवाहित महिला माथि बिहिबार लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते महिलाको अहिले चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ । राजनीतिक संरक्षणमा छुल्याहा गतिविधि गर्दै आएका पासवानले महिलामाथि गरेको कुटपिटको विषयमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उजुरी दिएको भए पनि पासवान पक्राउ पर्न सकेका छैनन् ।
हिजो बिहिबार वडा कार्यालय जादै गरेकी महिलालाई बालचनपुर र विर्ता बजारबीचको बाटो नजिकै पर्ने एकान्त स्थानमा पासवाले जबरजस्ती करणी गर्न खोजेको पीडितको आरोप छ । महिलाले प्रतिवाद गरेपछि पासवालले निर्घात कुटपिट गरेका थिए ।




