रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित माछापुच्छ्रे बैक लिमिटेडको शाखाबाट एक सेवाग्राहीको खाताबाट ९ लाख रकम गायब भएको छ । आइतबार चेक साट्न गएका बृन्दावन नगरपालीका वाड नं. ३ का रामेश्वर राय यादवको खाताबाट रहस्यमय तरिकाले ९ लाख रुँपैया गायब भएको हो ।
अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । आइतबार उनी ८ लाखको चेक लिएर बैक गएका थिए । बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक दिएका थिए । शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको यादवले जानकारी दिए ।
आइतबार ८ लाखको चेक लिएर साट्न गएका यादवको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिए पछि यादव चकित भए । त्यसपछि उनी बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट कसरी पैसा गायब भयो भनेर सोधेका थिए ।
प्रमुख दासले सहजै ह्याकरले पैसा लगेको जवाफ दिए । सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाए पछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेका छन् । दासले खातावालालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले केही बेर तनाब सृजना भएको थियो । साझ सम्म पिडितका आफन्तहरु ठुलो संख्यामा बैंकमा जम्मा भएका थिए ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगे पछि घट्नाको अनुसन्धान थालेको जनाएको छ । पिडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन् । मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउँदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेको उनको गुनासो छ ।
उनको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको पाइएको छ । यादवको खाताबाट निकालेको रकम सिटिजन, सानीमा बैंकमा ट्रान्सफर भएको प्रमुख दासले जानकारी दिए ।
बैंक स्टेटमेन्ट माग्दा समेत बैंकले आनाकारी गरेपछि शंकाको घेरामा राख्दै गायब भएको पैसा खोज्न दबाब दिएको हो । ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि एकनारायण कोईरालाले यादबको खाताबाट रकम गायब भएको विषयमा अनुसन्धान थाल्ने बताए । आजको राजधानी दैनिकमा खबर छ ।




