रौतहट । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश चढेको स्कारपियो दुर्घटनामा परेको छ । काठमाडौंबाट रौतहटतर्फ आउँदै गरेको ना १ झ १७०२ नम्बरको सरकारी नम्बरको स्कारपियो सोमबार बिहान ४ बजे मकवानपुरको बकैया ११ स्थित कान्तिलोकपथको शिरुडाँडामा दुर्घंटना भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कारपियोमा कटहरियाका नगरप्रमुख प्रकाश र स्कारपियो चालक रहेका थिए । उनीहरु सामान्य घाइते भएका छन् । स्कारपियो गाडीको अगाडीको भागको सिसा फुटेको बताइएको छ ।




