रौतहट । भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा दुई वटा मन्दिरमा आगजनी गरेको घटना सेलाउन नपाउँदै अर्को घटना भएको छ । सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहिबार आक्रमण हुँदा एक जनाको टाउको फुटेको छ भने केहि घाइते भएका छन् ।
ईशनाथ ५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतिपुर गाउँमा मुस्लिम समुदायको मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको छ भने अन्य केहिलाई चोट लागेको छ ।




