काठमाडौं । सरकारले मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहिबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले १५ दिनअघि मात्र भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । एकै महिनामा पेट्रोलको मूल्य ६ रुपैंयाले बढेको छ ।
बढेको मूल्य अनुसार पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल तथा मट्टिेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १ दशमलव ८३ र डिजेलमा रु १ दशमलव ५६ बढेर आएको निगमले जनाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि हुँदा हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।




