रौतहट । रौतहटको राजदेवी नगरपालिका ६ का बासिन्दाले शुक्रबार राहुल साहको हत्यारालाई कारबाहिको माग गर्दै प्रदर्शन गरेका छन् । गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जुलूस प्रदर्शन गर्दै सहभागीहरूले प्रहरीको विरोधमा चर्को नारा लगाएका थिए ।
उनीहरूले ‘दोषीलाई कारबाई गर’, ‘फरार अभियुक्तलाई पक्राउ गर’लगायतका नारा लगाएका थिए । नगरपरिक्रमापछि जिल्ला प्रहरी कार्यालय, रौतहटअगाडि पीडित परिवारले धर्ना दिएको थियो ।
गत कात्तिक २४ गते राजदेवी नगरपालिका ६ निवासी राहुल साहलाई ४ जना मिली छुरा प्रहार गरी हत्या गरेको मृतकका बुबा नागेन्द्र साहले बताए । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ निवासी राहुल गुप्ता पक्राउ परेका छन् भने मुकेश गुप्ता, अनिल गुप्ता र विनोद गुप्ता फरार छन् ।




