महोत्तरी । महोत्तरीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । सम्सी गाउँपालिका १ बसवरिया टोल बस्ने ७० वर्षीया पूजा यादवको आगो ताप्ने क्रममा जलेर सोमबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




