वीरगंज । वीरगंजका केहि स्थानमा कर्फ्यू अवधिमा पनि प्रदर्शन भएका छन् । प्रदर्शनकारी प्रहरीमाथि ढुङ्गामुढा गरेपछि केहि व्यक्तिहरूलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।
वडा प्रहरी कार्यालय, श्रीपुरले कर्फ्यू आदेश उल्लङ्घन गरेको कसूरमा नौ जनालाई पक्राउ गरी सम्झाइबुझाइ रिहा गरेको छ । कर्फ्यूको कारण वीरगंजका मुख्य सडकका पसलहरू पूर्णरूपमा बन्द भएपनि भित्री क्षेत्रका पसलहरू सञ्चालनमा थिए ।
सडकमा साइकल, मोटरसाइकल चलेका थिए भने ठूला सवारीसाधन चलेका थिएनन् । कर्फ्यू आदेश पालना गराउन जनपद र सशस्त्र प्रहरी खटाइएको छ । कर्फ्यूको पालना गराउन संवेदनशील ठाउँहरूमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।




