काठमाडौं । जबर्जस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ प्रहरीले वडाध्यक्ष बास्तोलालाई पक्राउ गरेको हो ।
२० वर्षीया महिलाले जबर्जस्ती करणी भएको जाहेरी दिएपछि वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुलरियाले जनाएको छ । प्रहरीका अनुसार वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।




