काठमाडौं । बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएपश्चात विदेश नपठाई सम्पर्क विहीन हुनेहरूलाई प्रहरीले पक्राउ गरेको छ।
चैत ९ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका युवराज सापकोटा, काठमाडौंको बूढानीलकण्ठका श्रृति शाही, सोही स्थानका कुमार खड्का, मन्दिरा बोम्जन गुरुङ, कैलाली टीकापुरकी अस्मिता बम र सुनसरीको भोक्राहकी अनिता कुमारी यादव रहेका छन् ।




