काठमाडौं । सहकारी ठगीमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको हो । बस्नेतको समूहले सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।




