काठमाडौं । केन्द्रीय बैंकको निर्देशन लत्याएको भन्दै राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ८०/८१ मा हिमालयनले केन्द्रीय बैंकको निर्देशन पटक पटक लत्त्याएसँगै कारवाहीमा परेको हो ।
राष्ट्र बैंकले उक्त बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले गरेको कारवाहीमा सबैभन्दा ठूलो राशिको जरिवाना हिमालयन बैंकले तिर्नुपरेको हो ।
२०८० वैशाखमा यो बैंक कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम नगरेको भन्दै कारवाहीमा परेको हो । पहिलो त्रैमासमै कारवाहीमा परेको यस बैंकले राष्ट्र बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो ।
कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई सिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।




