काठमाडौं । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन् । सिसीटिभी रेकर्ड अनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।
उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ । उनले पछाडि झोला बोकेकी छन् । उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ । स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो ।
आमाबाबुले छोरी खोज्न आग्रह गरिरहेका छन् । फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।




