डडेल्धुरा । डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका ९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा बुधाबार मृत फेला परेका हुन् ।
उनका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए । खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ ।
परिवारले हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।




