सिरहा । सिरहाको लहान नगरपालिका १७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । ११ बजे रातिदेखि डाकाहरूले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किँदा स्थानीयहरू घाइते भएका छन् ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरूले नगद, गरहना लुटेका हुन् ।
डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन् । घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




