वीरगंज । वीरगंज महानगरपालिका राजस्व महाशाखाले चालू आव २०८०/८१ को वैशाख मसान्तसम्म ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताएका छन् ।
गत वर्षको यसै महिनासम्म महानगरले रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो । गत वर्षको तुलनामा चालू आवमा महानगरले रु ३ करोड १८ लाख ९८ हजार २९ बढी राजस्व सङ्कलन गरेको महाशाखा प्रमुख कर्णले बताए ।
महानगरले सम्पत्ति करबाट चालू आवको वैशाखसम्म रु १३ करोड ९३ लाख ६२ हजार ९७१, भूमिरमालपोत करबाट रु ७७ लाख ९६ हजार ११०, घरबहाल करबाट रु ४ करोड ९६ लाख ७५ हजार ३६५, बहाल बिटौरी करबाट रु १५ लाख ४१ हजार, सवारीसाधन (साना सवारी) करबाट रु २२ लाख १८ हजार ९३० उठाएको छ ।
यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु २ करोड ७ लाख ९२ हजार ९६०, बाँडफाडबाट प्राप्त हुने विज्ञापन करबाट रु ३९ लाख ३४ हजार ५२५, अन्य मनोरञ्जन करबाट रु ५ लाख ५० हजार ५३३, व्यवसाय रजिस्टेशन दस्तुरबाट रु २ करोड ६ लाख ८१ हजार ८८०, अखेटोपहारमा लाग्ने करबाट रु १ करोड ९४ लाख ६० हजार संकलन गरेको जनाएको छ ।
यसैगरी सरकारी सम्पत्ति बहाल करबाट रु ३ करोड २६ लाख ४४ हजार ३४, अन्य स्रोतबाट प्राप्त बाँडफाड नहुने रोयल्टीबाट रु ८२ लाख ८० हजार, निजी धाराको शुल्कबापत रु १ लाख २८ हजार ९९०, अन्य सेवा शुल्कबाट रु २ करोड ४१ लाख ४३ हजार २५९, अन्य प्रशासनिक सेवा शुल्कबाट रु २७ लाख १३ हजार ८६५, नक्शा पास दस्तुरबाट रु २ करोड ९२ लाख ४ हजार ५६६ राजस्व संकलन गरेको छ ।
त्यस्तै, सिफारिश दस्तुरबाट रु २ करोड ६ लाख ५९ हजार २१५, व्यक्तिगत घटना दस्तुरबाट रु २७ लाख ४५ हजार ७८०, नाता प्रमाणित दस्तुरबाट रु १८ लाख ७९ हजार ६२०, अन्य दस्तुरबाट रु ५ लाख ३२ हजार ६७०, बेरुजू रु ३७ लाख ५५ हजार १५२ गरी रु ३९ करोड ८० लाख ३४ हजार १९९ राजस्व सङ्कलन भएको राजस्व महाशाखा प्रमुख कर्णले बताए ।
वीरगंज महानगरपालिकाले चालू आवमा रु ७५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएको छ । आगामी २ महिनामा सो लक्ष्य पूरा गर्ने दायित्व महानगरमा रहेपनि आर्थिक मन्दीका कारण राजस्व सङ्कलन प्रभावित हुने देखिएको छ । २ महिनामा लगभग रु ६० करोड राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । गत वर्ष पनि लक्ष्य पूरा हुन सकेको थिएन भने यस वर्ष पनि लक्ष्य पूरा हुने सम्भावना न्यून छ ।




