काठमाडौं । १ करोड ६ लाख ३३ हजार भ्रष्टाचार मुद्दा खेपिरहेका कर्मचारीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७९ पुसमा यातायात कार्यालय चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध अकुत आर्जनको मुद्दा चलाएको थियो ।
उनीविरुद्ध अख्तियारले १ करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ ९२ पैसा विगो कायम गर्दै चलाएको मुद्दामा विशेषले १६ महिनापछि विशेषबाट सफाई पाएका हुन् । अधिकृतको जागिरे जीवनका ३२ वर्षको अवधिमा आर्जन साढे ४ करोड चलअचल सम्पत्तिमध्ये १ करोड ६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अकुत आर्जनको मुद्दा चलाएकोमा १६ महिनापछि विशेषबाट उनले सफाइ पाएका हुन् ।




