काठमाडौं । बेरोजगारी समस्या बढ्दै जाँदा रोजगारी खोज्दै गत एक वर्षमा ८ लाख बढी नेपाली विदेशिन बाध्य भएका छन् । सरकारले वर्षेनी ल्याउने नीति तथा कार्यक्रममा बेरोजगारी समस्या समाधान गर्ने विषयलाई समेट्ने गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन नहुँदा बेरोजगारीको समस्या भयावह बन्दै गइरहेको हो ।
सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि हालै ल्याएको नीति तथा कार्यक्रममा पनि बेरोजगारी समस्या समाधान गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको छ तर नागरिकहरु भने विश्वस्त हुन सकेका छैनन् । जसका कारण उनीहरु रोजगारी खोज्दै विदेश भौंतारिन बाध्य छन् ।
अध्यागमन विभागका अनुसार सन् २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभिन्न देश गएका छन् । यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला छन् ।
अहिले पनि एयरपोर्टबाट दैनिक सयौं नागरिकहरु विदेशिने क्रम जारी छ । उनीहरुले स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेश जानुपरेको गुनासो पोख्ने गरेका छन् । नेपाल समाचार पत्रमा खबर छ ।




