काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सर्लाही ईश्वरपुर नगरपालिका १२ घर भएका ४१ वर्षीय अजय कुमार चौधरीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख रूपैयाँ जरिवाना, ३ दिन कैद र २८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका चौधरी पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३१ गैह्रीगाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।




