काठमाडौं । चुरे क्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औं दिनमा आज काठमाडौं आइपुगेको छ । उनीहरु वैशाख १७ देखि निरन्तर पैदलयात्रामा छन् ।
पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका छन् ।
सप्तरीको भारदहबाट सुरु गरिएको पदयात्रा बर्दिबास, पथलैया, चितवन हुँदै काठमाडौं आइपुगेको हो । यो अभियानी समूहले यसअघि पनि वीरगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा तय गरी सिर्सिया नदी निर्मलीकरणको सबाल उजागर गरेको थियो ।




