काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन एवम् चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन एवम् चट्याङ हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन एवम् चट्याङ हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।




