काठमाडौं । काठमाडौंको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा एक अख्तियारको फन्दामा परेका छ्न् । अख्तियर दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका २ बस्ने ध्रुव बहादुर कडायतलाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीले सेवाग्राहीबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् ।
चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।




