काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाको उत्पादन गर्न कानून बनाउने बताएका छन् । मन्त्री पुनले बजेटको यस्तो व्यवस्था वाचन गरेपछि सांसदहरूले टेबल बजाएर स्वागत गरेका छन् ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था मिलाउने बताएका छन् । बजेट प्रस्तुत गर्दै प्रतिफल दिन लामो समय लाग्ने कृषि तथा फलफूल व्यवसायमा उत्पादन पूर्वको कर्जाको व्याजमा अनुदानको व्यवस्था मिलाएको बताएका हुन् ।




