काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष (आव) २०८१/८२ मा घरेलु मदिराको ब्रान्डिङ गर्ने भएको छ । संसद्को दुवै सदनको बैठकमा बजेट भाषण गदै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताए ।
‘‘घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी उत्पादन ब्रान्डिङ गरिने छ यसको लागि कानुनी व्यवस्था मिलाइने छ’’ उनले भने । यसअघि संघीय सरकारले घरेलु मदिरालाई प्रतिबन्ध लगाउँदा कतिपय स्थानीय तहले ल्याएका घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने नीति अघि बढ्न सकेको छैन ।
यस्तै सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।मंगलबार आर्थिक वर्ष २०८१/८२को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षामान पुनले यस बारे जानकारी दिएका हुन् ।




