काठमाडौं । सरकारले तराई-मधेश समृद्धि कार्यक्रमका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।
तराई-मधेशका सीमान्तकृत र पिछडिएका क्षेत्रका बासिन्दाको आर्थिक, सामाजिक विकास र सशक्तीकरण गर्न सरकारले तराई-मधेश समृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालनमा ३५ करोड छुट्याइएको अर्थमन्त्री पुनले बताए ।
त्यस्तै काठमाडौं-तराई/मधेश द्रुतमार्गको बजेट आगामी आर्थिक वर्षका लागि बढाइएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ सालको बजेट प्रस्तुत गर्दै २२ अर्ब ५४ अर्ब रुपैयाँ विनियोजन गरेका हुन् ।
चालु आर्थिक वर्षमा यो आयोजनाल कागि २२ अर्ब ५० करोड विनियोजन भएको थियो । उक्त रकममध्ये साढे ४ अर्ब रुपैयाँ खर्च गर्न नसकिएको भन्दै आयोजनाले अर्थ मन्त्रालययलाई फिर्ता गरेको थियो ।




