काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका रविरत्न चुँडालले सापटी दिएको रकम माग्दा नदिएर उल्टो आफूविरुद्ध मुद्दा हालेको बयान दिएका छन् । चुँडाल ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जेठ १० गते सुकेधाराबाट पक्राउ परेका थिए ।
प्रहरीले लिएको बयानमा चुँडालले ती महिलाले झुटा विवरणको आधारमा पटक पटक मानसिक यातना दिएको समेत बताएका छन् । उनले ती महिलासँग दिदी भाइको नाता सम्बन्ध भएको र तिहारमा टिका समेत लगाएको बयान दिएका छन् ।




