काठमाडौं । कपाल झर्न रोक्ने भन्दै औषधीय प्रयोजनका लागि निकै चर्चामा रहेको श्रीकेश तेल कस्मेटिक उत्पादन भएको सप्तऋषि ओइल एण्ड कस्मेटिक प्रा.ली.का म्यानेजिङ डाइरेक्टर टिकाराम बुढाथोकीले स्पष्टीकरण दिएका छन् ।
उनले विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा श्रीकेश हेयर ओयलको उत्पादन, भण्डारण र गुणस्तरको बारेमा गुनासोहरू आएको भन्दै श्री केश तेल लगाएर कसैको पनि कपाल नझर्ने बताए । उनले श्री केश तेलको प्रयोगले सय प्रतिशत नै कपाल झर्न नरोक्ने तर तेलले कपाल उमार्न सहयोग गर्ने बताए ।
श्रीकेश तेलको ठगी धन्दा छताछुल्ल, भ्रमपूर्ण विज्ञापनले सर्वसाधारण ठगिँदै
तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरु कपालको सुरक्षा पोषण उपचारमा सहयोगी गुणस्तरीय र उपयोगी रहेको उनको दाबी छ । उनले टाउँकोमा तेल लगाउँदा कपाल झर्ने नभई व्यक्तीको आफ्नै समस्याका कारण कपाल झर्ने बताए । साथै उनी कपाल झरेको अवस्थामा डाक्टरसँग सल्लाह लिन आग्रह गर्दछन् ।
आयुर्वेद तेलका नाममा ठगी धन्दा, उपभोक्ता झुक्याउँदै करोडौँ कुम्ल्याउँदै श्रीकेश तेल
पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपति लगायत प्रधानमन्त्रीसम्मको हातमा देखिने यो तेलको प्रचार प्रसार भइरहेको छ । प्रति बोत्तल ३ हजार रुपैयाँमा विक्री हुँदै आएको यो तेल वैज्ञानिक र प्रमाणित छैन । तर, कुन निकायले अनुसन्धान गर्ने भन्ने विषयमै अलमल देखिएको छ ।
श्रीकेश तेलको उत्पादन नै अबैध : औषधी विभागमा छैन दर्ता, पत्रकारलाई मुद्दा हाल्ने धम्की
यसै सम्बन्धमा राम ढुंगाना भन्छन्- ‘पहिला देखि नै झुटो विज्ञापन नगरी वास्तविक र साँचो कुरा गरेर तेल बेचेका भए उनको लगानी धरापमा पर्ने थिएन । पहिला धेरैको कपाल उम्रिएको भनेर झुटो प्रचार गरेर तेल बेचे तर उम्रिएन कसैको पनि । पहिल्यै कपाल बलियो बनाउँने र झर्नबाट रोक्न मद्धत गर्ने भनेर प्रचार गरिएको भए आज नेपाली जडिबुटीको पनि सहि सदुपयोग गरिएको मानिन्थ्यो र उस्को प्रडक्टको विश्वास लाग्थ्यो अनि लगानी पनि सुरक्षित हुन्थ्यो ।’
श्रीकेश तेलको उत्पादन नै अबैध : औषधी विभागमा छैन दर्ता, पत्रकारलाई मुद्दा हाल्ने धम्की
उनी थप भन्छन्- ‘कुनैपनी व्यापार व्यवसायमा लामो समय टिकाउँने हो भने खहरे खोला जस्तो बनेर हुन्न अनवरत बग्ने हिमनदी जस्तो हुनपर्छ । झुट सधैं क्षणिक हुन्छ त्यसैले सधैं इमान्दारीताको बाटो हिड्नु पर्छ । नेपालीले पनि गलत विज्ञापनको पछि होइन वास्तविकता बुझेर सामान किनौं । नेपाली जडिबुटी प्रयोग गरेर बनाईएको हो भने श्री केश तेलले कपाल उमार्न होइन कपाल झर्नबाट रोक्न चाहि मद्धत गर्न सक्छ त्यसको लागी चाँहि किन्दा हुन्छ ।’




