काठमाडौं । अहिले देशको पूर्वी भेगमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी ठाउँमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती प्रदेशको पहाडी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको छ ।
दिउँसो कोशी प्रदेश लगायत बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा मधेश प्रदेशसहित देशका बाँकी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेश लगायत बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




