काठमाडौं । ठगीको आरोपमा प्रहरीले एक जना मन्त्रीको बहालवाला नातेदारलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेपछि कञ्चनपुर स्थायी ठेगाना भएका केशवराज जोशीलाई प्रहरीले आज दिँउसो बबरमहलबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ६ जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३५ वर्षे केशवराज जोशीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेपछि जोशीले आफू मन्त्रीको भतिज रहेको प्रहरीलाई बताएका थिए ।
जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज हुन् । वैदेशिक रोजगार ठगी प्रकरणमा उनलाई शुक्रबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध महाशाखाले जनाएको छ ।




