काठमाडौं । नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिउँसो ३:५० बजे जल सतह ९ मिटर मापन गरेर खतरा तह पार गरेको जनाएको छ ।
यस्तै नारायणी नदीमा जल सतह अझै बढ्न सक्ने पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसैले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास रहेको बस्तीहरूमा राति १२ बजेसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।




