काठमाडौं । सरकारले संक्रामक रोगको सूची सार्वजनिक गरेको छ । संक्रामक रोगको सूचीमा ५२ रोगलाई सूचीकृत गरिएको छ । सरकारले राजपत्रमा प्रकाशित गर्दै उक्त रोगहरु सूचीकृत गरेको हो ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







