काठमाडौं । विशेष अदालतले सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई सफाइ दिएको छ । उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा थियो । उनलाई विशेषले सोमबार सफाइ दिएको हो ।
उनले ३ करोड ८५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन गरेको भनी मुद्दा दायर भएको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ४ असारमा दायर मुद्दामा उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती दीपा श्रेष्ठका नाममा राखेको भन्दै मुद्दा दायर गरेको थियो । यस मुद्दामा दुवै जनाले सफाइ पाएका हुन् ।




