रौतहट । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।
त्यस्तै गरुडा नगरपालिका ९ सिसवाका पनि एकै परिवारका ४ जना बेपत्ता भएका छन् । बौधिमाई नगरपालिका मटिअर्वाका ५८ वर्षका परशुराम साह, श्रीमती मीना देवी, छोरी रिंकु र ज्वाई नरेश साह रहेका छन् । गाडीमा सवार सरोज साह भने दुर्घटनामा जोगिएका छन् ।
यस्तै बस दुर्घटनामा जोगिने अर्का एक व्यक्ति हुन् गरुडा नगरपालिका ९ सिसवाका ५० वर्षका जुगेश्वर राय यादव । उनको २७ वर्षकी छोरी अमृता यादव, ७ वर्षका छोरा अशोक यादव, ३ वर्षका नाति शिवशंकर यादव र डेढ वर्षको नातिनी भने अहिलेसम्म फेला पर्न सकेका छैनन् ।




