दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १:४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार, शनिबार दिउँसो ३:५१ बजेसम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उनले बताएका छन् । पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजा गाजासहित पूजा आराधना गरिएको छ ।
भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ । शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।




