काठमाडौं । आइतबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर साधारणतया आंशिक बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका केहि स्थानमा र मधेश प्रदेशको एक दुई स्थानमा आइतबार राति मेघगर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।




