काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्किएको छ । भण्डारीका समर्थकले प्रहरीविरूद्ध नारावाजी र हुलहुज्जत गरेपछि रित्तो हात फर्किएको हो ।
एक महिना लामो कोटिहोम सकिएकै रात प्रहरीले हस्तक्षेप गरेको हो । भण्डारीले समर्थकबीचबाट बोल्दै आफू गिरफ्तार हुन तयार रहेको बताए । तर, उनले आफू गिरफ्तार भएमा आफ्ना समर्थकहरुलाई आन्दोलन गर्न आदेश दिए । उनी निकै उत्तेजित रुपमा प्रस्तुत हुँदै समर्थकलाई उकासेका थिए ।
भण्डारीका समर्थक र सहयोगीले प्रहरी र सरकारविरूद्ध चर्का नारा लगाए । उनीहरूले प्रहरीलाई तथानाम गालीगलौज गरेका थिए । समर्थकले निरन्तर हुलहुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भयो । भण्डारीविरूद्ध ठगीको अभियोग छ ।
फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका थिए ।




