काठमाडौं । नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ । हुप्सेकोट गिरुबारीबाट तरकारी लिएर बेच्न हिडेका बाबुछोरी सवार २८ प ६९५ नम्बरको मोटरसाइकल मध्यविन्दु ९ बसन्तपुरमा रहेको खहरे खोलाले बगाएको हो ।
यद्यपी मोटरसाइकल खोलाले बगाएपनि तरकारी लिएर हिडेको देव बहादुर मगर र उनकी छोरी तुलसी फालमगरको भने नवलपुर प्रहरीले शकुसल उद्दार गरेको छ । जिल्ला प्रहरी नवलपुरका अनुसार बाबु छोरीलाई उद्धार गरेर घर पठाइएको र मोटरसाइकलको खोजी भैरहेको छ ।




