काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु तथा बाँकी पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




